Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

दुई तिहाइको सरकार बनेपनि मूलभूत काम गर्न सकेनौँ : एनपी साउद

दुई तिहाइको सरकार बनेपनि मूलभूत काम गर्न सकेनौँ : एनपी साउद

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाइको सरकार बनेपनि मूलभूत काम गर्न नसकेको बताएका छन् ।

सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धिको यात्रा तय गर्न नसकेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ निश्चित समयसम्म स्थिर सरकार बनाएर अघि बढ्नुपर्ने बताए ।

‘अहिलेको गतिरोधबाट अगाडि जान राष्ट्रिय सहमति चाहिन्छ। दुई तिहाइको सरकार बनेपनि मूलभूत काम गर्न सकेको छैनौँ, स्थिरता दिन सकिएको छैन। सबै दलका नेता एक ठाउँमा बसेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ,’ उनले भने ।

संविधान निर्माताले सबैलाई संविधानको दायराभित्र ल्याउने प्रयत्न गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077