Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ - मेन्टल हस्पिटल जानुस्

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ - मेन्टल हस्पिटल जानुस्

शुक्रवार , जेठ १०, २०८२

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल जान सुझाव दिएका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले युवा संघको महाधिवेशनमा माओवादी आन्दोलन र आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गर्दै कडा जवाफ दिए ।

'म सुन्दैछु, प्रधानमन्त्रीज्यूले भन्नुभएको रहेछ— प्रचण्डको अभियान राजावादीसँग मिल्दो छ। यदि उहाँले साँच्चै त्यसो भन्नुभएको हो भने, म उहाँलाई एक पटक मेन्टल हस्पिटल गएर जाँच गराउन सुझाव दिन चाहन्छु,' प्रचण्डले भने।

दाहालले राजावादी शक्तिहरू सक्रिय हुँदै गर्दा सरकार मूकदर्शक बनेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077