Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रविलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो सचिवालय र केन्द्रीय बैठक

रविलाई थुनामै राख्ने सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो सचिवालय र केन्द्रीय बैठक

शनिवार , जेठ ११, २०८२

काठमाडौँ । रास्वपाले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ ।

सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।

शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।

सचिवालयको भर्चुअल बैठकआज दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिक रूपमा नै बस्ने निर्णय गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर, बुटवल इजलासको पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077