Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रमेश लेखकका बारेमा कांग्रेसभित्र छलफल, नयाँ गृहमन्त्रीमा प्रकाशमान र गगनको चर्चा

रमेश लेखकका बारेमा कांग्रेसभित्र छलफल, नयाँ गृहमन्त्रीमा प्रकाशमान र गगनको चर्चा

शनिवार , जेठ ११, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री रमेश लेखक मुछिएसँगै कांग्रेसभित्र हलचल उत्पन्न भएको छ ।

लेखक कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वाशिला पात्र हुन् । उनलाई सुदूरपश्चिमका नेताहरुमध्ये देउवाले उत्तराधिकारीका रुपमा अगाडि सारेका थिए । तर, देउवा र सिंगो कांग्रेसलाई नै असर पर्ने गरी लेखक भ्रष्ट समूहहरुको कब्जामा परेका कारण उनको दिनगन्ती शुरु भएको छ ।

आफूलाई स्वच्छ ठान्ने तर भ्रष्ट टिमले के काम गरेको छ भने सुईंको नपाएका हुन् वा सोही समूहबाट आर्थिक संकलन त गरिरहेका छैनन् भन्ने गम्भिर आशंका पनि लेखकमाथि उब्जिएको छ ।

भिजिट भिषाको घुस असुली मात्र नभई देशभरका क्यासिनो र मिनि क्यासिनोहरुबाट लेखकको टिमले अबैध रकम असुलेको सूचना पनि बुढानिलकण्ठदेखि बालुवाटारसम्म पुगेको छ ।

यो प्रकरणमा कांग्रेसको आन्तरिक मिटिङमा कुरा उठेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

भ्रष्टाचार र असुलीमा गन्हाएका व्यक्तिहरुलाई सचिवालयमा राखेर उठौती धन्दा चलाइरहेका गृहमन्त्री लेखककै कारण सरकारको मात्र नभई नेपाली कांग्रेकै छविमाथि आँच

आएको भन्दै उनको विकल्पका बारेमा कांग्रेसभित्र छलफल शुरु भएको हो ।

यति ठूलो विवादमा पर्दा पनि राजिनामा दिन आनकानी गरिरहेका गृहमन्त्री लेखकलाई फिर्ता बोलाउनु पर्ने कांग्रेसभित्र छलफल चलेको छ ।

पार्टीभित्र लेखकलाई फिर्ता बोलाउने चर्चा चलेसँगै उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र कांग्रेका महामन्त्री गगन थापामध्ये एकलाई गृहमन्त्रालय दिनुनपर्ने आवाज पनि उठिरहेको छ ।

हुनत नेपाली कांग्रेसबाट गृहमन्त्री भएका अधिकांश नेताहरु भ्रष्टाचारमा मुछिएका छन् । पञ्चायती व्यवस्था ढलेपछि गठित पहिलो सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायदेखि वर्तमान गृहमन्त्री रमेश लेखकसम्म आइपुग्दा कांग्रेसका तीनजना पूर्व गृहमन्त्रीले भ्रष्टाचारको आरोपमा प्रहरीको हिरासत र जेलमा रात बिताउनुपरेको छ ।

जेलमा पुग्ने पूर्वगृहमन्त्रीहरुमा खुमबहादुर खड्का, गोविन्दराज जोशी र बालकृष्ण खाँण पर्दछन् । अर्का पूर्वगृहमन्त्री विजयकुमार गच्छदार भने प्रहरी हिरासतमा नबसी एकैपल्ट अदालतमा उपस्थित भएर धरौटी रकम बुझाएर छुटेका नेता हुन् ।

लेखकअघि नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका खाँँड नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा परेका थिए । उनी अदालतको सजाय भोगेर निस्कि सकेका छन् ।

गृहमन्त्री लेखक पनि खाँडकै शैलीमा अगाडि बढेपछि उनको विकल्प खोज्ने तयारी भएको हो । कांग्रेसभित्र उनको विकल्प खोज्ने तयारी भएपनि उनी भिजिट भिषा प्रकरणमा उम्कन सक्ने अवस्था भने नरहेको कांग्रेसकै नेताहरु बताउँछन् ।

भ्रष्ट ‘टिम’को कब्जामा लेखक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको गृह मातहतको अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिसा प्रकरण’ मा मुछिए । किनकी भट्टराई लेखकका अत्यन्तै विश्वासिला कर्मचारी हुन् ।

गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।

त्यसो त भ्रष्टाचार र असुलीमा लिप्त कर्मचारीहरुलाई आफ्नो सचिवालयमा राखेका कारण पनि गृहमन्त्री लेखक शंकाको घेरामा परेका हुन् ।

गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउँदा विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको सार्वजनिक भएको । खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म असुली गरेर विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयसम्म भागबन्डा गरिएको खुलेपछि भट्टराईमाथि अनुसन्धान जारी छ ।

अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहमन्त्री लेखकले मंगलबार साँझ आफू जोगिन र भट्टराईलाई जोगाउन अध्यागमनबाट हतार–हतार मन्त्रालयमै तानेका थिए । तर, त्यसको भोलिपल्टै अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएर बयान लिएको थियो । भट्टराईको मोवाइल जफत गरेर अख्तियारले उनलाई छाडेको छ ।

भट्टराईकै संलग्नतामा दैनिक लाखौं असुली भएको खुलेपछि गृह मन्त्रालयले शुक्रबार मात्रै दुई पटक गरेर १४ कर्मचारीको सरुवा गरेको थियो । जसमा नौ जना नायब सुब्बा थिए भने छ जना कम्प्युटर अपरेटर थिए ।

अख्तियारले सहसचिव तिर्थराज भट्टराईमाथि विस्तृत अनुसन्धान थालेपछि सचिवालयमा रहेकाहरुसहित गृहमन्त्रीमाथि नै छानविन हुने सम्भावना बढेको छ । किनकी भट्टराईले गृहमन्त्री रमेश लेखकको सचिवालयकै आडमा यस्तो लुट धन्दा चलाएका थिए ।

मन्त्री लेखकका निजी सचिव बद्री तिवारी तथा स्वकिय सचिव जनक भट्टमार्फत अध्यागमनको सेटिङ चल्दै आएको छ । उपसचिव तिवारी लेखक मन्त्री हुँदा सधैंभरी उनको सचिवालयमा बस्दै आएका छन् ।

त्यस्तै, नेविसंघका नेता जनक भट्टलाई मन्त्री लेखकले स्वकिय सचिव बनाएका थिए । भट्टले प्रहरीका सरुवा–बढुवामा आर्थिक चलखेल गर्दै आएका छन् । अध्यागमनको कर्मचारी सरुवामा उनले नै सेटिङ मिलाउँदै आएको स्रोत बताउँछ ।

त्यस्तै, गृहमन्त्री लेखककै सचिवालयमा कार्यरत् अधिकृत विमल पौडेल आफैं पहिले भिसिट भिसाका नाममा भएको मानव तस्करीमा मुछिएका अधिकृत हुन् । जिल्ला अदालत, काठमाडौंमा १८ माघ २०८० मा दायर भिजिट भिसाका नाममा भएको संगठित ठगीमा पौडेल पनि प्रतिवादी बनाइएका थिए । त्यसबेला प्रहरीले उनलाई फेला नपारेपछि फरार बनाएर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, उनले पछि सफाइ पाएका थिए। सफाईपछि उनी गृहमन्त्रीको रोजाईमा परेका हुन् ।

त्यस्तै, कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझा अध्यागमनमा सेटिङ मिलाउने अर्का कर्मचारी हुन् । उनीहरुले अध्यागमनबाट महिनामै दुई करोड रुपैयाँसम्म लिने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077