Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

आफ्ना हातले गलत काम हुनेबित्तिकै राजनीति छाड्ने गृहमन्त्री लेखकको घोषणा

आफ्ना हातले गलत काम हुनेबित्तिकै राजनीति छाड्ने गृहमन्त्री लेखकको घोषणा

शनिवार , जेठ ११, २०८२

धनुषा । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुख खोलेका छन् ।

शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले आफूले गलत काम गरेको भए राजनीतिमा देखा नपर्ने बताएका हुन् ।

उनले आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने बताए । पार्टीका सार्थीहरूको मन सानो हुने र टाउको निहुरिने काम नगर्ने उनको भनाइ छ ।

‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैन,' उनले भने, 'जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिमा देखा पर्दैन ।’

उनले आफूमाथि लागेको आरोप बारे दुई/चार दिनमा बोल्ने बताए । तर आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077