काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूले गरेको योगदानलाई जनतासामू लैजान आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्व सांसद स्वर्गीय खगेन्द्र राज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामू लैजान जरुरी रहेको बताए ।
नेताहरुले छाडेर गएका बाँकी कामहरुलाई सबै मिलेर पुरा गर्नुपर्ने उनको भनाइ छ ।