Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्री लेखकले भने - अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिन्छ

गृहमन्त्री लेखकले भने - अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिन्छ

शनिवार , जेठ ११, २०८२

काठमाडौं । गृहमन्त्री एवं कांग्रेस सांसद रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन गम्भीर रहेको  बताएका छन् ।

शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसका नेता–कार्यकर्ताहरूले लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने गुनासो गरिरहेको भन्दै उनले त्यसको लागि आफु लागि परेको बताए ।

हाल आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरूबीचको संयुक्त सरकार बनाउने विषयमा केही जटिलता रहेको पनि उनले बताए ।

उनले भने, ‘लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ । साथीहरूले सही कुरा गर्नुभएको छ । यो विषयलाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यसको समाधानका लागि हामी लागिपरेका छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ । सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा प्रतिस्पर्धी पार्टीबीच संयुक्त रूपमा सरकार सञ्चालन गर्दा केही समस्या र जटिलता उत्पन्न हुने गर्छन् ।’

मधेश प्रदेशको सरकार पनि हामीले पालो–पालो गर्ने भनेर समझदारी गरेको बताए ।

गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको र पछिल्लो १० महिनामा अर्थतन्त्रमा ठूलो परिवर्तन आएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077