काठमाडौं । नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले कुलिङ पिरियडमा सचिवहरूले दबाब दिएर परिवर्तन नहुने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने बताएका हुन् ।
उनले भने, ‘दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्यो नि पहिले ।
कुलिङ पिरियड के हुन्छ भन्ने विषयमा कसैले चिन्ता लिन जरूरी नरहेको उनको भनाई छ ।
कुलिङ पिरियडको व्यवस्था नहुँदा चार दिन पहिले राजीनामा दिएर संवैधानिक निकायहरूमा नियुक्ति लिने प्रवृत्ति बढेको बताउँदै उनले भने, ‘कोही निवृत्त भएको भोलिपल्ट भइराख्नुभएको छ। २२,२३ सचिवहरू संवैधानिक परिषदमा हुनुहुन्छ। के देखाइरहेको छ ? यसले सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लबजस्तो देखियो ।’