Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

देशमा नयाँ क्रान्ति आवश्यक भयो, राष्ट्रपतीय प्रणाली अपरिहार्य : प्रचण्ड

देशमा नयाँ क्रान्ति आवश्यक भयो, राष्ट्रपतीय प्रणाली अपरिहार्य : प्रचण्ड

शनिवार , जेठ ११, २०८२

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा ‘नयाँ क्रान्ति’ को आवश्यकता रहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रीत पार्टीको विशेष अभियान अन्तर्गत शनिबार कास्कीको रानीपौवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ क्रान्तिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेको बताए ।

‘देशलाई नयाँ क्रान्तिको आवश्यकता छ भन्ने कुरा सोचे सम्झेर अभियान थालेका हौँ,’ उनले भने, ‘हामीले पहिल्यै संविधान सभाबाट संविधान निर्माणको बेलामा भनेका थियौँ, यो संविधान जेजस्तो बन्दैछ यसले स्थिरता दिँदैन। यसले देशलाई आर्थिक समृद्धिलाई ठीक ढंगले अगाडि बढाउन सक्दैन।’

यो निष्कर्षका साथ आफूहरु अभियानमा निस्किएको र अब संविधान संशोधनमार्फत यो मुद्दालाई अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077