Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृह मन्त्रालयको दाबी - भिजिट भिसा प्रकरणमा नेतृत्वको कुनै प्रकारको संलग्नता छैन

गृह मन्त्रालयको दाबी - भिजिट भिसा प्रकरणमा नेतृत्वको कुनै प्रकारको संलग्नता छैन

शनिवार , जेठ ११, २०८२

काठमाडौं । गृह मन्त्रालयले गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।

शनिवार मन्त्रालयका प्रवक्ता एवं सहसचिव छवि रिजालले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।

‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रिया प्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ।’ 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अनुसन्धान कार्य पूरा भएपछि सत्य तथ्य ब्यहोरा सबैको जानकारीमा आउने गृह मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077