Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीलाई रास्वपाले भन्यो - पदबाट राजीनामा देउ, निष्पक्ष अनुसन्धानलाई सघाउ

गृहमन्त्रीलाई रास्वपाले भन्यो - पदबाट राजीनामा देउ, निष्पक्ष अनुसन्धानलाई सघाउ

शनिवार , जेठ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको विषय सार्वजनिक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिएको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शनिबार बेलुका विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानलाई सघाउन माग गरे ।

“विगतमा सांसद रमेश लेखकले नै सदनमा– प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले नेपाली राजनीतिप्रति घृणाको कारक नबन्न पनि गृहमन्त्रीलाई सुझाव दिएको छ । रास्वपा केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक शनिबार अपराह्न ४ बजे बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077