Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सबै जिल्लामा सकियो एमालेको अधिवेशन

सबै जिल्लामा सकियो एमालेको अधिवेशन

शनिवार , जेठ ११, २०८२

काठमाडौं । नेकपा एमालेले तोकिएको समयभन्दा एक वर्ष ढिलागरी सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न गरेको छ ।

धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै एमालेका सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो ।

एमालेका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । यही जेठ महिनाभित्र जनसंगठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए ।

निर्वाचन आयोग अध्यक्ष. डा सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077