Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

शेखरलाई काउन्टर दिंदै सिटौलाले गरे गृहमन्त्रीको बचाउ

शेखरलाई काउन्टर दिंदै सिटौलाले गरे गृहमन्त्रीको बचाउ

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अध्यागमनका कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्न उचित नहुने बताएका छन् ।

गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले भने–‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ । त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’

चौतर्फी रुपमा गृहमन्त्री रमेश लेखकको राजिनामा मागिरहेका बेला विराटनगरमा पत्रकारसँग कुरा गर्दै सिटौलाले भने बचाउ गरेका हुन् ।

सहसचिव भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेका समाचार आएका छन् ।

यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

तर, नेता सिटौलाले भने विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले कुनै कार्यालयको कर्मचारीमाथिको आरोप मात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077