काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरनिर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणकाक्रममा मन्त्री दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताए ।
उनले निर्माणका बाँकी कामहरू चाँडै जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताए ।
अब पनि ढिलाइ गर्ने छुट निर्माण कम्पनीलाई नभएको भन्दै मन्त्री दाहालले परिस्थिति बाहिरको प्राकृतिक विपत्ति नआएमा जेठको अन्त्य सम्ममा गाडी चलाउन निर्देशन दिए ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाई ओभर सुरु ठेक्का २०८० फागुन ११ मा सम्पन्न हुने सम्झौता गरिएको थियो ।
फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ ।