Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

२०६४ को जस्तो माओवादी अब बन्न सक्दैन : प्रधानमन्त्री ओली

२०६४ को जस्तो माओवादी अब बन्न सक्दैन : प्रधानमन्त्री ओली

आइतवार , जेठ १२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर पहिलो पार्टी बनेको बताएका छन् ।

एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले जितेको उनको भनाई थियो ।

ओलीले माओवादी अहिले २०६४ को जस्तो हुन्छु भनेपनि २०६४ अब कहिले नआउने र ठूलो हुन नसक्ने दाबी गरे।

माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077