Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

पूर्व डीएसपी कार्की रास्वपामा प्रवेश

पूर्व डीएसपी कार्की रास्वपामा प्रवेश

आइतवार , जेठ १२, २०८२

बैतडी । नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) नैनसिंह कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तड पन्ज्युनयाँ स्थायी घर भएका कार्कीले अनलाइन सदस्यता लिँदै रास्वपामा आबद्ध भएका हुन् ।

देशमा सुशासन र समृद्धि दिन पुराना पार्टीहरू असफल भएको आरोप लगाउँदै कार्कीले अब देशको जिम्मेवारी रास्वपाको काँधमा आएको बताए ।

कार्कीको पार्टी प्रवेशलाई स्वागत गर्दै रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी ुक्वालिटीुले उहाँलाई योग्य सम्मानजनक स्थान दिइने जानकारी दिए । पछिल्लो समय नेपाल प्रहरीका पूर्व अफिसरहरु पार्टी राजनीतिमा लाग्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077