Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन : सञ्चारमन्त्री गुरुङ

तीर्थ भट्टराई पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन : सञ्चारमन्त्री गुरुङ

आइतवार , जेठ १२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले आइतबार एमाले सचिवालय बैठकमा जाँदैगर्दा पत्रकारसँग उनले यस्तो बताएका हुन् ।

कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको उनले बताए ।

अध्यागमनमा अनियमितताकाबारेमा भईरहेको छानबिनलाई गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताउँदै उनले भने , ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ ?’

गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077