Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमालेले भन्यो - विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा हो

एमालेले भन्यो - विद्या भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिको हैसियतमा हो

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमणमा गएका बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि उनले यस्तो बताएका हुन् । उनले भण्डारी एमाले आन्दोलनकै नेता भएकाले उनको टिममा एमालेका नेता रहनु स्वाभाविक रहेको बताए ।

यसैबीच, एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

देशभरका सबै पालिकाका साथै काठमाडौं उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077