Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्रीको अभिव्यक्ति कल्पना गर्नै नसकिने भन्दै महामन्त्री थापाले दिए यस्तो चेतावनी

प्रधानमन्त्रीको अभिव्यक्ति कल्पना गर्नै नसकिने भन्दै महामन्त्री थापाले दिए यस्तो चेतावनी

सोमवार , जेठ १३, २०८२

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आन्दोलनबारे दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्ने भन्दै अभिब्यक्ति दिएका थिए ।

सोही अभिब्यक्तिबारेमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

सोमबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले कसैलाई उत्तेजनामा ल्याउने काम गर्न नपाईने भन्दै उक्त अभिव्यक्तिबारे कल्पना पनि गर्न नसकिने बताए ।

थापाले त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस् भन्दै चेतावनी समेत दिए ।

त्यस्तै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीले दिने सबै अभिव्यक्तिको जिम्मेवारी लिन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077