मकवानपुर । मकवानपुरमा यात्रुवाहक बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
सोमबारबेलुका पालुङबजारनजिकै बा३ख ५९९० नम्बरको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । चालक र उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते छन् ।
बसको ‘ब्रेक फेल’ हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।