Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कामीरिता शेर्पाले ३१ औं पटक चढे सगरमाथा , बनाए नयाँ विश्व कीर्तिमान !

कामीरिता शेर्पाले ३१ औं पटक चढे सगरमाथा , बनाए नयाँ विश्व कीर्तिमान !

मंगलवार , जेठ १४, २०८२

काठमाडौँ । नेपालका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले इतिहास रचेका छन् । मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गर्दै उनले आफ्नो नै अघिल्लो रेकर्ड तोडेका हुन् ।

यो सँगै उनी सगरमाथा आरोहणको सबैभन्दा धेरै पटकको विश्व कीर्तिमान राख्ने एक्ला व्यक्ति बनेका छन् ।

गत वर्ष २०७८ वैशाख ३० गते कामीरिताले २९ औं पटक सगरमाथा चढेका थिए भने त्यसको १० दिनपछि जेठ ९ गते ३० औं पटक आरोहण गरेका थिए।

कामीरिताले मंगलबार बिहान ४ बजे ८८४८.८६ मिटर अग्लो सगरमाथाको शिखर चुमेका हुन् । यसपटक उनी २२ जना भारतीय सैनिकहरूसहितको आरोहण टोलीका मुख्य गाइडका रूपमा सगरमाथा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077