Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आठ सचिवको सरुवा, दुईको पदस्थापन

आठ सचिवको सरुवा, दुईको पदस्थापन

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । सरकारले आठ जना सचिवको सरुवा र बढुवा भएका दुई सचिवको पदस्थापन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८ जना सचिवको सरुवा र बढुवा भएका सचिवको पदस्थापन गरेको हो ।

सरुवाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएकोछ ।

त्यसैगरी लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ, राष्ट्रपति कार्यालयका सचिव डा.रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ।

त्यसैगरी गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ।

बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराल र प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको छ ।

प्राविधिकतर्फ सचिवमा बढुवा भएका मिश्रलाई जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको छ भने सचिवमा बढुवा भएका बराललाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077