Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् ।

निवर्तमान अध्यक्षसमेत रहेका थेबे १८८ मतान्तरले पुनः युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । औपचारिक नतिजा घोषणा भने हुन बाँकी छ ।

कुल एक हजार ७६४ मत थियो । त्यसमध्ये एक हजार ४०४ मत खसेको थियो । मंगलबार बिहान १० बजेदेखि ४५ विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077