सल्यान । लगातारको वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान ४ः४० बजे कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो खस्दा सडक बन्द भएको हो ।
यो राजमार्ग सल्यान, सुर्खेतलगायतका क्षेत्र जोड्ने मुख्य मार्ग हो ।
पहिरोले सडकमा माटो र ढुंगा थुप्रिएकाले सवारी आवागमन ठप्प छ । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।