Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विनोद चौधरीले किने विप्लवको दुई लाख किलो आलु !

विनोद चौधरीले किने विप्लवको दुई लाख किलो आलु !

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई लाख किलो आलु बिक्री गरेर ‘कृषि क्रान्ति’ सुरु भएको घोषणा गरेको छ।

पार्टीका अनुसार करिब तीन लाख किलो आलुको उत्पादन भएकोमा दुई लाख किलो ‘ए’ ग्रेडको आलु विनोद चौधरी नेतृत्वको चौधरी ग्रुप (सीजी) लाई बिक्री गरिएको छ। बाँकी एक लाख किलो आलु भने सर्वसाधारण जनताले व्यक्तिगत रूपमा उत्पादन गरेका थिए।

नेकपाले धनगढीदेखि विराटनगरसम्म पाँच वटा ब्रिगेडमार्फत झन्डै ३०० बिघा जमिनमा आलु खेती गरिरहेको जनाएको छ।

पार्टीले सामूहिक रूपमा उत्पादनमा ध्यान दिइरहे पनि, चौधरी ग्रुपलाई बिक्री गरिएको सम्पूर्ण आलु पार्टीकै खेतबाट नउत्पन्न भएको स्पष्ट गरिएको छ।

पार्टीले कृषिमा आत्मनिर्भरता र उत्पादनको माध्यमबाट आर्थिक क्रान्ति ल्याउने उद्देश्यसहित यो अभियान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077