काठमाडौं । आज पनि आधा घण्टाको लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए ।
स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।
प्रतिनिधिसभा विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले मंगलबारको प्रतिनिधिसभाको बैठक विरोधले अवरुद्ध भएको थियो ।