काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा बजेट प्रस्तुत गर्न नरोक्ने स्पष्ट पारेको छ ।
संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बजेट नरोक्ने बताएका हुन्।
‘अहिलेको संवैधानिक प्रक्रियाअनुसार भोलि हाम्रो बजेट छ। हामी बजेटलाई व्यवधान गर्दैनौँ । त्यसमा डिस्टर्बेन्स गर्ने हाम्रो कुनै आशय छैन। त्यति सुझबुझपूर्ण राजनीति हामी गर्छौँ,’ झाले भने।
तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान भने रास्वपाको यथावत छ ।