काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदैछ ।
आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको हो ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ ।
एमालेले भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म कार्यक्रम गर्न लागेको हो । राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेपछि एमाले थप आक्रामक बनेको छ।
यद्यपी एमालेले कुनै दलविरुद्ध नभई जनउत्सवको रुपमा कार्यक्रम तय गरिएको जनाएको छ । यस्तै आजै राजावादीहरुले गणतन्त्रविरुद्ध प्रदर्शन गर्दैछन् ।