Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाली जनताले विदेशी कम्पनीबाट स्वेट सेयर लिन पाउने

नेपाली जनताले विदेशी कम्पनीबाट स्वेट सेयर लिन पाउने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले नेपाली जनतालाई विदेशी कम्पनीसँगको सहकार्यमा स्वेट सेयर लिन सक्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बिहीबार दिउँसो आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त नीति अगाडि सारेका हुन् ।

उनले नेपाली जनताले प्रविधि वा विशिष्ट सेवा प्रदान गरेबापत विदेशी कम्पनीबाट स्वेट सेयर प्राप्त गर्न सक्ने नीति अघि सारे ।

यो व्यवस्थाले नेपाली नागरिकलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्राविधिक र विशिष्ट सेवा क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

‘यो नीतिले नेपाली जनताको सीप र क्षमतालाई विश्व बजारसँग जोडेर आर्थिक अवसर सिर्जना गर्नेछ’, अर्थमन्त्री पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077