काठमाडौं । गृहमन्त्रालयले जेठ १८ गते आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रातो मच्छेन्द्रनाथको जात्रामा भोटो देखाउने कार्यक्रम रहेकोले उक्त दिन भक्तपुर, ललितपुर र काठमाडौंमा सार्वजनिक बिदा दिएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा भनिएको छ-‘मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा मिति २०८२ साल जेठ १८ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’