Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

१५ दिन अगावै नेपाल भित्रियो मनसुन, कोशी प्रदेशमा मनसुनी वर्षा सुरु

१५ दिन अगावै नेपाल भित्रियो मनसुन, कोशी प्रदेशमा मनसुनी वर्षा सुरु

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको जनाएको छ ।

सामान्यतयाः नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । तर, यो वर्ष भने १५ दिन अगावै मनसुन भित्रिएको महाशाखाले बताएको छ ।

विभागका अनुसार गएरातिबाट पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको हो ।

गएरातिबाटै कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुन विस्तार भएको महाशाखाको भनाई छ । जसको फलस्वरुप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ।

यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुनेगरेको छ ।

यो वर्ष भने सरदरभन्दा १५ दिन अगार्व भित्रिएको विभागले शुक्रबार दिउँसो ३ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।

बुलेटिनमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ । नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने देखिन्छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077