काठमाडौं । केही दिनअघि जेलमुक्त भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
उनलाई विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो । हाल उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा भर्ना गरी उपचार थालिएको छ।
परिवारका अनुसार विहान साढे १० बजे आलमलाई अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनलाई विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको थियो। अस्पताल भर्ना हुँदा उनको बोली स्पष्ट थिएन र शरीरको दाहिने भाग कमजोर अवस्थामा थियो।
यसैबीच, केही दिन अघि मात्र रौतहटमा २०६४ सालको संविधानसभा निर्वाचनअघि भएको बम विस्फोट घटनामा दोषी ठहर भएका आलमसहित चार जनालाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
उनीहरूलाई बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा जीवितै जलाएर मारेको आरोप लागेको थियो।