Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारीमा राजावादी

शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारीमा राजावादी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । राजसंस्था पुनःस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले शनिबार पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग राख्दै राजावादीहरूले शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् ।

शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए ।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077