Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

'सेनाको मेजर र प्रहरीको डीएसपी हुँ' भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

'सेनाको मेजर र प्रहरीको डीएसपी हुँ' भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाली सेनाको मेजर र नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) बताउँदै धम्क्याउने र ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका ७ घर भई हाल भक्तपुर ताथली बस्ने ३८ वर्षका रुद्रराज कार्की र सिराहाको बरियारपट्टी गाउँपालिका ५ घर भई हाल काठमाण्डौँ जोरपाटी बस्ने २७ वर्षका काशिन्द्र कुमार ठाकुर रहेका छन् ।

कार्कीले आफु नेपाली सेनाको मेजर हुँ भनि ट्याक्सी चालकलाई धम्क्याएर भाडा नतिरि हिडेका थिए । जेठ १५ गते दिउँसो ४ बजेतिर भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ कौशलटारबाट बा प्र ०१–००२ ज ६७३९ नम्बरको ट्याक्सी ईनड्राईभ गरी चढेका थिए ।

उनले शुक्रबार पनि दिउँसो ४ बजेतिर मध्यपुरठिमी नगरपालिका २ दिव्यश्वरी स्थितमा ठगीमा परेका पीडितहरुलाई पैसा अशुल गरी दिन्छु भनि आफुलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक सञ्जय यादव बताउने व्यक्ति पनि पक्राउ परेका छन् ।

ठाकुरलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरु दुवै जनामाथि प्रहरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077