Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

माई खोलाको बाढी बस्तीमा : सुगाबथानका २२ घर डुबे, एसियन हाइवेको डाइभर्सन बगायो

माई खोलाको बाढी बस्तीमा : सुगाबथानका २२ घर डुबे, एसियन हाइवेको डाइभर्सन बगायो

शनिवार , जेठ १८, २०८२

झापा । माई खोलामा पानीको सतह बढेसँगै झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षापछि माई खोलामा आएको बाढीले स्थानीय बस्ती डुबानमा पारेको हो ।

डुबानमा परेका घरहरूमा जेठा टुडु माइला, सोम बास्की, ताला सोरेन, जेठा टुडु कान्छा, मण्डल टुडु जेठा, शुकदेव टुडु, मण्डल टुडु कान्छा, कृष्ण टुडु, साईवा टुडु जेठो, जेठा टुडु, साइँला टुडु, गोपाल टुडु कान्छा, काले टुडु, धरमलाल हेमरम, रञ्जन टुडु, चन्दु सोरेन, गोपाल टुडु जेठो, साईवा टुडु कान्छा, श्याम टुडु, बुधलाल हाँस्दा, सुनिराम टुडु र गुणन टुडुको घर रहेका छन्।

बाढीको कारण खोलाको पानी बस्ती हुँदै बगिरहेको र स्थानीय बासिन्दा सुरक्षाका लागि बाटोमा बस्न बाध्य भएको प्रहरीले जनाएको छ । हाल खोलाको पानीको सतह क्रमशः घट्दै गएको जनाइएको छ ।

यस्तै गएरातिको लगातार वर्षाले निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077