खोटाङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किरात समुदायसँगै रहेको बताएका छन् ।
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको 'तुवाचुङ् डे' लाई उदघाटन् गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले आफू सँधै किरात समुदायको पहिचानको पक्षमा रहेको बताए । कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रष्ट पारे ।
संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।