Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

आइतवार , जेठ १९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी सातादेखि ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलको पोस्टमार्फत यस्तो घाषणा गरेका हुन् ।

पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचार तथा श्रमिकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेका छौं।’

गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्‍याएको अमेरिकी राज्य पेन्सिलभेनियामा नीलो रङको पहिरनमा भेला भएका कार्यकर्तासामु उनले भने, ‘कोही पनि यसको वरिपरि पुग्नेवाला छैन।’

त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित एल्युमिनियममा पनि उच्च दर लागू हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077