एजेन्सी । मे महिनाको सुरुमा पाकिस्तान–नियन्त्रित क्षेत्रमा भएका हवाई हमलाका क्रममा धेरै भारतीय लडाकु विमान
खसालिएको पाकिस्तानको दाबीलाई भारतीय सेनाले पहिलोपटक अप्रत्यक्ष रूपमा स्वीकार गरेको छ । यसअघि भारतीय अधिकारीहरूले उक्त दाबीलाई अस्वीकार गर्दै आएका थिए।
उनको यो भनाइले अप्रत्यक्ष रूपमा केही विमान खसिएको स्वीकारोक्ति दिएको संकेत गर्छ। यद्यपि, उनले खसिएका विमानको संख्या भने खुलाएका छैनन्।
एक अन्य प्रश्नको उत्तरमा उनले भारतीय सेनाबाट सामरिक गल्ती भएको स्वीकार गरे ।
मे महिनाको प्रारम्भमा भारतले सैन्य अभियान सुरु गरेपछि पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो।