Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चैते धान बिक्री नभएपछि किसानहरु चिन्तीत

चैते धान बिक्री नभएपछि किसानहरु चिन्तीत

आइतवार , जेठ १९, २०८२

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले सरकारले तोकेको चैते धानको न्यूनतम मूल्यमा बिक्री नभएपछि किसानहरु चिन्तीत भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा उत्पादन गरेको धान कुहिन थालेको किसानहरुले गुनासो गर्न थालेपछि तत्काल समाधान गर्न महासंघले सरकारलाई ध्यानाकर्षण गराएको हो ।

महासङ्घका अध्यक्ष डा.प्रेम दंगालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकेको पनि हाल बजार मूल्य औसतमा प्रतिक्विन्टल १६२५ रुपैयाँ मात्र रहेको जनाएको छ ।

यो मूल्यमा समेत धान बिक्री नभई कुहिने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष दंगालले किसानहरू हतोत्साहित भएको बताएका छन् ।

महासङ्घले प्रत्येक वडामा धान सुकाउने ड्रायर मेसिनसहितको भण्डारण गोदामको तत्काल व्यवस्था गर्न पनि माग गरेको छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रभावहीनता र कृषि मन्त्रालयहरूको उदासीनताप्रति पनि प्रश्न उठाएको छ ।

चैते धान तोकिएको मूल्यमा खरिद गर्न सरकारसँग जोडदार माग गर्दै तत्काल खरिद प्रक्रिया सुरु नगरे वा कम मूल्यमा बिक्री गरिएका धानको मूल्य फरक बराबरको सोधभर्ना नदिए किसानहरू ‘कडा कदम’ चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077