काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक सोमबार बिहान ९ बजेका लागि बोलाइएको हो ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक विषयमा छलफल हुने भए पनि मूलतः भातृ संस्थाका विषयमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।
यही जेठ १२ गते सभापति देउवाले निवासमै पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका थिए ।
उक्त बैठकमा भिजिट भिसा विवादमा तानिएका गृहमन्त्री रमेश लेखकका विषयमा छलफल केन्द्रित थियो ।