Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन प्रहरीले नै सञ्चालन गर्‍यो बस

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन प्रहरीले नै सञ्चालन गर्‍यो बस

सोमवार , जेठ २०, २०८२

काठमाडौं । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गरेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो ।

अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा देशव्यापी चक्काजाम घोषणा गरेका यातायात व्यवसायीका प्रतिनिधि र गृहमन्त्री रमेश लेखकबीच गृहमन्त्रालयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077