Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यातायात बन्द गराउँदै हिड्ने १४ जना पक्राउ

यातायात बन्द गराउँदै हिड्ने १४ जना पक्राउ

सोमवार , जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् ।

यातायात व्यवसायीहरूले आज गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् ।

सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो ।

तर, आइतबार बेलुकी नै पक्राउ परेका नेताहरू कमल थापा, दिपक सिंह लगायत छुटेका थिए भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बन्दमा आफूहरूको समर्थन नभएको बताएको थियो ।

त्यसमाथि आज पूर्वराजा विरेन्द्र विरविक्रम शाहको वंश नाश भएको दिन भएकाले राजावादीहरुले आन्दोलन नगर्ने घोषणा गरेका थिए । राजावादीहरूले आजको आन्दोलन स्थगित गरेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ती निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका थिए ।

यातायात व्यवसायी र राजावादी समूहको बन्दको घोषणाका कारण पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077