Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकार र यातायात व्यवसायीबीच दोस्रो चरणको वार्ता जारी

सरकार र यातायात व्यवसायीबीच दोस्रो चरणको वार्ता जारी

सोमवार , जेठ २०, २०८२

काठमाडौं । यातायात व्यवसायी र सरकारबीच दोस्रो चरणको वार्ता सिंहदरबारमा भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुनः दोस्रो चरणको वार्ता भइरहेको हो ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी कानुन ल्याएको छ ।

सोही कानुन खारेज हुनुपर्ने भन्दै सार्वजनिक यातायात व्यवसायीले छोटो तथा लामो दूरीका सवारी बन्द गरेका छन् ।

सोमबार बिहान बसेको बैठकले यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरेको थियो । आन्दोलनरत व्यवसायीसँग गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरसहित आठजना कार्यदलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077