Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भिजिट भिसामा भ्रष्टाचार भएको स्पष्ट छ, गृहमन्त्रीले मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ : वर्षमान पुन

भिजिट भिसामा भ्रष्टाचार भएको स्पष्ट छ, गृहमन्त्रीले मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ : वर्षमान पुन

सोमवार , जेठ २०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार भएको दाबी गरेका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकपछि पुनले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा भ्रष्टाचार भएको दाबी गरेका हुन् । उनले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्गप्रशस्त गर्दा नै उपयुक्त सुझाव दिए ।

'उहाँले पठाएपछि सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयमा यस्तो केसमा परेकाहरू हुने, यस्ता अस्वाभाविक गतिविधिहरू हामीले देख्यौँ, यसले उहाँलाई पनि विवादमा तान्यो। यसका लागि छानबिन आयोग बन्नुपर्‍यो। तर, उहाँमाथि प्रश्न उठिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ,' उनले भने।

भिजिट भिसा प्रकरणमा सेटिङ र भ्रष्टाचार भएको पुनको दाबी छ । उनले भने, 'अनियमितता भएको छ भन्ने स्पष्ट छ। यो अब छानबिनले देखाउँछ। यसका लागि उहाँले राजीनामा दिनुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077