Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन १० महिनाअघि प्रचण्डलाई पत्र बुझाएका थिए ।

तर उनले अहिले राजीनामा दिएका हुन् । उनीमाथि पार्टीका सांसदहरु कुरा नसुन्ने, पार्टीलाई आघात पुग्ने काम गरेको तथा अर्थमन्त्री हुँदा बजेटमा चलखेल गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077