Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आज पनि नेपाल प्रहरीको निःशुल्क बस सेवा

आज पनि नेपाल प्रहरीको निःशुल्क बस सेवा

मंगलवार , जेठ २१, २०८२

काठमाडौं ।नेपाल प्रहरीले आज पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

यातायात व्यवसायीहरूले आह्वान गरेको बन्दका कारण सार्वजनिक यातायात सेवा प्रभावित भइरहेका बेला प्रहरीले यात्रुहरूको राहतका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

बन्दका कारण उपत्यकाका विभिन्न भागहरूमा सर्वसाधारण अलपत्र परिरहेका बेला नेपाल प्रहरीले ट्राफिक प्रहरी महाशाखाको समन्वयमा विभिन्न रुटहरूमा निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको हो ।

विशेष गरी कार्यालय समयमा यात्रामा समस्यामा परेका विद्यार्थी, कर्मचारी, वृद्धवृद्धा तथा बिरामीहरूलाई लक्ष्य गरी बस सेवा उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077