Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस-एमाले सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भयो : गगन थापा

कांग्रेस-एमाले सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भयो : गगन थापा

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिएको बताएका छन् ।

उनले दुवै पार्टी सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भएको आरोप लगाए । 

'कांग्रेस र एमालेले ७ बुँदा सहमति गर्दै संविधान संशोधनको वाचा गर्‍यो। तर, आज त्यो वाचा पूरा गरिरहेका छैनौं। हामी यति मस्त भयौं कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौं,' महामन्त्री थापाले भने ।

उनले सत्ता सन्तुलनका लागि आवश्यक संविधान संशोधन प्रक्रियालाई ढिलाइ गर्नु नागरिकप्रति बेइमानी हुने भन्दै तत्काल संशोधन कार्य प्रारम्भ गर्नुपर्ने बताए ।

संविधानलाई हाइवे को संज्ञा दिँदै मामन्त्री थापाले समस्या बाटोमा नभएर त्यसमा चल्ने गाडी र चालकमा भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077