Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी कर्मचारीहरूलाई गृहमन्त्रीको निर्देशन - विपद् व्यवस्थापनमा क्रियाशील हुनू

प्रहरी कर्मचारीहरूलाई गृहमन्त्रीको निर्देशन - विपद् व्यवस्थापनमा क्रियाशील हुनू

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सूचना संकलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिँदै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

उनले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्नसक्ने गरी कार्य गर्न निर्देशन दिए। सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको अवलोकन समेत गरे।

कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077