Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विष्णुप्रसाद बने काठमाडौं महानगरको नयाँ नगर प्रहरी प्रमुख

विष्णुप्रसाद बने काठमाडौं महानगरको नयाँ नगर प्रहरी प्रमुख

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ ।

राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुखको जिम्मेवारी जोशीलाई दिइएको हो ।

पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि आजै निलम्बन गरेका छन् ।

यसअघि आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077