Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

युक्रेनी ड्रोन आक्रमणको पुटिनले बदला लिने डोनाल्ड ट्रम्पको चेतावनी

युक्रेनी ड्रोन आक्रमणको पुटिनले बदला लिने डोनाल्ड ट्रम्पको चेतावनी

बिहिवार , जेठ २३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वायुसेना अड्डामा युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

रूसी राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, “राष्ट्रपति पुटिनले हालै वायुसेना अड्डामा भएको आक्रमणको प्रतिक्रिया दिनैपर्छ भन्नेमा ठूलो जोड दिएका छन् ।”

तर, यसबारेमा टिप्पणी गर्न अनुरोध गर्दा रूसी अधिकारीहरूले यसलाई पुष्टि गर्न अस्वीकार गरेका छन् । यसअघि मस्कोले युक्रेनको आक्रमणको प्रतिक्रियाका लागि विभिन्न सैन्य विकल्पहरू छलफलमा रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077